कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी डा निरेश थापालाई
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको रुपमा कामकाज गर्ने जिम्मा डा निरेश थापालाई दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आज मन्त्रीस्तरीय निर्णय गर्दै प्रतिष्ठानका शिक्षाध्यक्ष डा थापालाई जिम्मेवारी दिएका हुन्। स्वास्थ्यमन्त्री प्रतिष्ठानको सहकुलपति रहने व्यवस्था रहेको छ । मन्त्री खतिवडाले डा थापालाई अर्को व्यवस्था नभएसम्म आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्ने गरी जिम्मेवारी दिएका हुन्।
यसअघि प्रतिष्ठानका उपकुलपति डा मंगल रावललाई कामकाज गर्न रोक लगाउने निर्णय मन्त्री खतिवडाले गरेका थिए । सो निर्णय गरेको दुई दिनपछि डा थापालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएका हुन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?