कार्तिक २८ गतेदेखि १२ वर्ष माथिका बालबालिकालाई कोरोना विरुद्धको फाइजर खोप दिइँदै
हेल्थ टिभी अनलाइन\ काठमाडौं : सरकारले पहिलोपटक १२ वर्ष माथिका बालबालिकालाई कोरोना विरुद्धको खोप दिन लागेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभ्याक्स सुविधा अन्तर्गत आएको फाइजर खोप १२ वर्ष माथिका र दीर्घ रोगीलाई दिन लागेको जनाएको छ । यसभन्दा अघि लगाइएका कोरोना विरुद्धका सबै खोप १८ वर्ष माथिका उमेर समूहलाई मात्र दिन मिल्ने खालको थियो । फाइजर खोप भने १२ वर्ष माथिका सबैलाई दिन मिल्ने खालको रहेकाे परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले जनाएका छन् । देशभरका २४ अस्पतालबाट फाइजर खोप दिन लागिएको समेत उनले जिकिर गरे ।
काठमाडौं उपत्यकाका वीर अस्पताल ,त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल लगायतका ९ अस्पतालबाट खोप दिइने छ । दुई मात्रा लगाउन पर्ने उक्त खोपको पहिलो मात्रा कार्तिक २८ देखि मंसीर ४ गतेसम्म दिइने भएको छ भने दोस्रो मात्रा मंसीर २७ देखि पुस २ गतेसम्म दिइने भएको छ ।
मन्त्रालयले फाइजर खोप सुरक्षित र प्रभावकारी भएकाले ढुक्क भएर लगाउन सबैलाई आग्रह गरेकाे छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?