थप ४४० जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ८१४ जनाको नमुना परीक्षण गरेकोमा ४४० जनामा कोरोना पुष्टि भएको हो । उता आज ६ जना कोरोना संक्रमितको मृत्यु भएसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ४६० पुगेको छ ।
यहीवीच ४७४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। अहिल देशभर ७ हजार ५१९ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त