थप ५३३ जनामा कोरोना संक्रमण, ४८४ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार १६ हजार ७३६ जनाको नमुना परीक्षण गरेकोमा ५३३ जनामा कोरोना संक्रमण देखिएको हो । यसैगरी आज ४८४ जना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४५४ पुगेको छ ।
हाल नेपालमा ७ हजार ६१२ जना सक्रिय संक्रमित रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?