बालबालिकाका लागि काेराेना खोप खरिद गर्ने मन्त्रिपरिषद्को निर्णय
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कोरोना विरुद्धको ६० लाख खोप फाइजर र ४० लाख डोज मोर्डनाको खरिद प्रक्रियालाई स्विकृति दिएको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले ६० लाख डोज फाइजर र ४० लाख डोज मोडर्ना खोप खरिदका लागि स्वीकृति दिने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकालाई लगाउन मिल्ने १ करोड खोप खरिदको प्रस्ताव लगेको थियो । सोही प्रस्तावमाथि मन्त्रिपरिषदको बैठकले स्वीकृति दिएको हो ।
मन्त्रीपरिषदको यो निर्णयसँगै अब भने बालबालिकाका लागि एक करोड खोप आउने निश्चित भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले एक करोड खोप खरिदका लागि सुनिश्चित भएको बताए ।
उनले ६० लाख फाइजर खोप र ४० लाख मोर्डना खोप खरिदका लागि मन्त्रिपरिषद्ले निर्णय गरेको र अब चाँडै खोप आउने जनाए ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?