२४ घण्टामा ३९० संक्रमित थपिए, ५ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ३९० जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार २६ जनाको नमुना परीक्षण गरिएकोमा ३९० जनामा कोरोना पोजेटिभ देखिएको हो । यसैगरी आज ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएकासहित देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ४५३ पुगेको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ४२५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् १९ सय १७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। अहिले देशभर ७ हजार ६५४ जना मात्र सक्रिय संक्रमित रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?