२४ घण्टामा ४८४४ नमुना परीक्षण, १८३ जनामा संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १८३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ८४४ जनाको नमुना परीक्षण गर्दा १८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी आज ६४९ जना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। उता गत २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ४३८ पुगेको छ ।
अहिले देशभर सक्रिय कोरोना संक्रमित ८ हजार ४१३ जना रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?