थप ४४७ जनामा कोरोना संक्रमण, ४३९ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ४४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ९१३ जनाको नमुना परीक्षण गर्दा ४४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी गत २४ घण्टामा ४३९ जना संक्रमणमुक्त भएका छन्। उता आज ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
आज मृत्यु भएकासहित देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ४३४ पुगेको छ । हाल देशभर ९ हजार १२३ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?