स्वास्थ्यका मापदण्ड पालना गरेर मात्र चाडबाड मनाउन काठमाडौं प्रशासनको आग्रह
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर कोरोना संक्रमण कम भए पनि यसको जोखिम भने कायम नै रहेको भन्दै काठमाडौं जिल्ला प्रशासनले सबैलाई स्वास्थ्यका मापदण्ड पालना गरेर मात्र चाडबाड मनाउन आग्रह गरेको छ ।
मंगलबार जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणको जोखिम कायम रहेको बताउँदै भिडभाड नगरी तिहार छठ लगायतका पर्व मनाउन आग्रह गरेका हुन्।
विज्ञप्तिमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी पूजापाठ लगायतका क्रियाकलाप गर्न तथा मठमन्दिर गुम्बा लगायतका स्थानमा भिड नगर्न सबैलाई आग्रह गरिएको छ । यसैगरी काठमाडौंमा देंउसी, भैलो नाचगान कार्यक्रम राती ९ बजेसम्म मात्र गर्न गराउन आग्रह गरिएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?