थप ४६९ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ४६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार २८७ जनाको नमुना परीक्षण गरेकोमा ४६९ जनामा कोरोना पुष्टि भएको हो । उता गत २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृृत्यु भएको छ । योसँगै कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ४२७ पुगेको छ ।
यहीवीच ५५५ जना संक्रमित निको भएका छन्। हाल देशभर ९ हजार १७४ जना सक्रिय संक्रमित रहेका छन्। नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९७ दशमलब ५ प्रतिशत रहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?