मेट्रो काठमाडौं अस्पताल अन्तराष्ट्रिय सेवा प्रदान गर्दै, नेपालमा छायांकनका लागि आएका बलिउडकर्मीले गरे प्रशंसा
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको महाराजगंजमा रहेको मेट्रो काठमाडौं अस्पतालले आफना सेवाहरु बिस्तार गर्दै विदेसीहरुलाई पनि अन्तराष्ट्रियस्तरको सेवा प्रदान गर्दै आएको छ । यही क्रममा ‘उचाइ’ फिल्म छायांकनका लागि नेपाल आएका बलिउडका चर्चित कलाकार अनुपम खेर, परिनिती चोपडा, बरमन इरानी लगायतको टिमको स्वास्थ्य सेवाको जिम्मा मेट्रो काठमाडौं अस्पतालले लिएको थियाे ।
नेपालमा छायांकन सकाएर जाने क्रममा मेट्रो काठमाडौं टिमले दिएको स्वास्थ्य सेवाको उनीहरुले खुलेर प्रशंसा गरे। छायांकनका क्रममा लगभग एक महिना मनाङ लगायतका हिमाली जिल्लामा रहेका उनीहरुको स्वास्थ्य सेवाको जिम्मा मेट्रो काठमाडौं अस्पतालले लिएको र उनीहरु अस्पतालले दिएको सेवाप्रति अत्यन्त सन्तुष्ट रहेको अस्पतालका सिइओ टोपेन्द्र प्रकाश वलीले जानकारी दिए ।
उनीहरुको टिमको पीसीआर परीक्षण लगायतका सम्पूर्ण आवश्यक स्वास्थ्य सेवाका लागि अस्पतालको एक टिम नै उनीहरुसँग रहेको थियो । बलिउडका कहलिएका दिग्गज कलाकारहरुले मेट्रो अस्पताललाई विश्वास गरेर काम गर्ने अवसर दिनु अस्पतालका लागि निकै ठूलो अवसर भएको समेत वलीले जिकीर गरे ।
मेट्रो अस्पतालले यसअघि पनि विदेशीहरुको स्वास्थ्य परीक्षण तथा उपचार गर्दै आएको छ ।






नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?