२४ घण्टामा ५३३ कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा ५३३ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ हजार ६६४ जनाको नमुना परीक्षण गरेकोमा ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी आज ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएकासहित देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ४१६ पुगेको छ । उता यहीवीच ४९० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
अहिले देशभर ९ हजार ३१८ जना सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त