ललितपुर महानगरमा जेष्ठ नागरिकलाई निमोनिया विरुद्धको खोप
हेल्थ टिभी अनलाइन \ललितपुर : ललितपुर महानगरपालिकामा जेष्ठ नागरिकलाई निमोनिया विरुद्धको खोप लगाउन सुरु गरिएको छ । ललितपुर महानगरले एक सूचना जारी गर्दै पहिलो पहिलो चरणमा ७४ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निमोनिया विरुद्धको (पीसीभी–१३) खोप लगाउन शुरु गरिएको जनाएको हो ।
महानगरका सामान्य प्रशासन महाशाखाका प्रमुख सागर थापाका अनुसार पहिलो चरणमा ७४ वर्ष माथिका जेष्ठ नागरिकलाई खोप दिइने र यो अभियान सकिने बित्तिकै दोस्रो चरणमा ७० देखि ७३ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई निमोनिया विरुद्धको खोप दिइनेछ ।
नागरिकताको प्रमाणपत्र र वडा कार्यालयको सिफारिशको आधारमा ज्येष्ठ नागरिकलाई निमोनिया विरुद्धको खोप दिने व्यवस्था मिलाइएको उनले जानकारी दिए । जेष्ठ नागरिकको मृत्युको प्रमुख कारणमध्ये निमोनिया पनि पर्दछ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?