२४ घण्टामा देशभर ५४९ जना कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ५४९ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ७४६ जनाको नमुना परीक्षण गर्दा ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ३८८ पुगेको छ ।
अहिले कुल सक्रिय संक्रमितको संख्या १० हजार १५१ रहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?