मनोचिकित्सक संघको राष्ट्रिय सम्मेलन विराटनगरमा सुरु
हेल्थ टिभी अनलाइन\ विराटनगर : मनोचिकित्सक संघको ‘मानसिक स्वास्थ्य’ सम्बन्धी राष्ट्रिय सम्मेलन विराटनगरमा सुरु भएको छ । विराट मेडिकल कलेजसँगको सहकार्यमा नेपाल मनोचिकित्सक संघले आठौं राष्ट्रिय सम्मेलनको आयोजना गरेको हो ।
बिहिबार सम्मेलनको उद्घाटन गर्दै स्वास्थ्य सचिव तथा मनोचिकित्सक डा रोशन पोखरेलले मानसिक स्वास्थ्य शारीरिक स्वास्थ्य जत्तिकै आवश्यक भएको भए पनि यसलाई ध्यान नदिंदा ओझेलमा परेको जिकीर गर्दै अब भने मन्त्रालयले यी दुबै विधालाई सँगसँगै प्राथमिकताकासाथ लिएर जाने प्रतिवद्धता जनाए । उनले कोरोनाका कारण मानसिक स्वास्थ्य समस्या अझै बढ्दै जानसक्ने भन्दै यी कुरामा मन्त्रालयको ध्यानाकर्षण भएको समेत बताए ।
उद्घाटन सत्रमा बोल्दै संघका अध्यक्ष डा सुर्दशन नरसिंह प्रधानले मानसिक स्वास्थ्य क्षेत्रमा धेरै नै काम गर्न बाँकी रहेको बताउँदै यो सम्मेलनले कुन कुन क्षेत्र ओगट्दै अघि बढ्ने मार्ग देखाउने बताए । उनले तीनदिनसम्म चल्ने सम्मेलनमा आत्महत्या, डिप्रेसन, एन्जाइटी, गम्भीर प्रकारका मानसिक समस्या लगायतका ५० भन्दा बढी कार्यपत्र प्रस्तुत हुने जानकारी दिए । उत्कृष्ट कार्यपत्रलाई सम्मेलनको समापन कार्यक्रममा गोल्ड मेडल प्रदान गरिनेछ ।
सम्मेलनमा देशभरबाट २५० जना मनोचिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी भएका छन्। भारतका मनोचिकित्सक संघका अध्यक्ष समेत सम्मेलनमा अतिथीका रुपमा आएको डा प्रधानले जनाए ।
हाल नेपालमा २ सयको हाराहारीमा मनोचिकित्सक रहेका छन्। सम्मेलनको मूल विषय’ मानसिक स्वास्थ्यमा बहुपक्षीय साझेदारी :चुनौती र अवसरहरु’ रहेको छ ।






डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित