पछिल्लो २४ घण्टामा ५९१ जनामा कोरोना संक्रमण, ६६४ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ हजार ३५५ जनाको नमुना परीक्षण गरेकोमा ५९१ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी गत २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर ११ हजार ३८२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उता आज ६६४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
अहिले देशभर १० हजार २३६ जना सक्रिय संक्रमित रहेका छन्। उता २१४ जना कोरोना संक्रमित क्वारेन्टाइनमा रहेका छन्। नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९७ दशमलब ३ प्रतिशत रहेको छ ।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त