थप ७७६ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ७७६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ८६४ जनाको नमुना परीक्षण गरेकोमा ७७६ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी आज १३ जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ३६१ पुगेको छ । उता गत २४ घण्टामा ५०१ जना संक्रमणमुक्त भएका छन्। अहिले देशभर १० हजार ३६० जना सक्रिय कोरोना संक्रमित रहेका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ५७ हजार ६१० जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त