स्वास्थ्य सेवा विभागको महानिर्देशकमा पुन: डा दिपेन्द्ररमण सिंह
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले स्वास्थ्य सेवा विभागको महानिर्देशकमा पुन डा दीपेन्द्ररमण सिंहलाई नियुक्ती गरेको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै डा सिंहलाई महानिर्देशक पदमा नियुक्त गरेका हुन्।
डा सिंहलाई स्वास्थ्य सेवा विभागको महानिर्देशकमा नियुक्त गरिएको मन्त्रालयका सचिव डा रोशन पोखरेलले बताएका छन्।
यसअघिका विभागका निमित्त महानिर्देशक डा आरपी बिच्छाको उमेर हदका कारण सेवा अवधि सकिएपछि डा सिंहलाई महानिर्देशकको जिम्मेवारी दिइएको हो। उता डा बिच्छाको सेवा अवधि सकिएको भए पनि सरकारले उनको सेवा तीन वर्ष थप गरेको छ।
डा बिच्छा आउनु अघि पनि डा सिंह नै विभागका महानिर्देशक थिए । उनलाई प्रधानमन्त्री शेर बहादुरको सरकार आए लगत्तै त्यहाँबाट मन्त्रालयमा सरुवा गरिएको थियो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?