आज र भोली देशभरका बालबालिकालाई ‘भिटामिन ए’ खुवाइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभरका बालिबालिकालाई आज र भोली भिटामिन ए र जुकाको औषधि खुवाइँदैछ । सरकारले हरेक वर्ष राष्ट्रिय भिटामिन ए कार्यक्रम अनुसार बालबालिकालाई कार्तिक ३ र ४ गते भिटामिन ए कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि यसपटक सो दिन दशैंको विदा परेकाले आज र भोलि अर्थात कार्तिक ७ र ८ गते भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
सरकारले ६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकालाई भिटामिन ए खुवाउँदैछ भने एक देखि ५ वर्ष सम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम राखेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम कायम नै रहेकाले यसबाट बच्न खोप केन्द्रमा जाँदा अनिवार्य मास्कको प्रयोग गर्ने , सामाजिक दूरी कायम गर्ने तथा सेनिटाइजरको प्रयोग गर्न आग्रह गरेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?