नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १० हजारमा झर्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो सक्रिय कोरोना संक्रमितको संख्या घटेर १० हजारमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको तथ्यांक अनुसार अहिले देशभर जम्मा १० हजार ९४६ जना मात्र सक्रिय संक्रमित रहेका छन्।
यसैगरी पछिल्लो २४ घण्टामा देशभर ७०८ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा ९ हजार ३७६ जनाको नमुना परीक्षण गरिएकोमा ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी गत २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज मृत्यु भएकासँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३३७ पुगेको छ ।
उता आज ९३२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। आज ५८ हजार ८५३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।अब ४ जिल्लामा मात्र ५ सय बढी सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?