Health TV Online
Health TV Online
Health TV Online

धनगढीमा जनगणनासम्बन्धी मिडिया सचेतना कार्यक्रम

जनगणनामार्फत अपांगताका प्रकार खोजिंदै

धनगढीमा जनगणनासम्बन्धी मिडिया सचेतना कार्यक्रम

हेल्थ टिभी अनलाइन \धनगढी : कैलालीको धनगढीमा जनगणनासम्बन्धी मिडिया सचेतना कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय तथ्यांक विभागसँगको सहकार्य र यूएनएफपीए तथा यूके एडको सहयोगमा मिडिया एक्सन नेपालद्वारा आयोजित जनगणनासम्बन्धी मिडिया सचेतना कार्यक्रममा विज्ञहरुले राष्ट्रिय जनगणना सफल पार्नका लागि मिडियाको महत्वपूर्ण भूमिका रहने जिकीर गरेका छन्।

कार्यक्रममा केन्द्रीय तथ्यांक विभागका उप महानिर्देशक डा हेमराज रेग्मीले राष्ट्रिय जनगणना समग्र देश विकासका लागि अत्यन्त महत्वपूर्ण अस्त्र भएको भन्दै यसलाई मिडियाले पनि संवेदनशिल भएर सूचना प्रवाह गर्नुपर्नेमा जोड दिए । उनले यसपटकको जनगणना इतिहास रच्ने खालको भएको भन्दै यसपटक पहिलेको जनगणना भन्दा निकै बोझिलो भएको र लगभग ८० वटा प्रश्नहरु सोधिने जनाए । यसले धेरै क्षेत्रका विषयवस्तु समेटिने समेत उनले जिकीर गरे । उनले यसटकको जनगणना मार्फत मातृ मृत्यु लगायतका १२ प्रकारका अपांगतासम्बन्धी र नयाँ धेरै विषयवस्तुको वृहत अध्ययन गरिने भएकाले सबैले सही विवरण बुझाएर सहयोग गरिदिन आग्रह गरे।

यसैगरी कार्यक्रममा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले जनगणनाबाट आउने नतिजा देशको राष्ट्रिय नीति बनाउनका लागि महत्वपूर्ण हुने भएकाले मिडियाले यसमा समावेश हुने विषयवस्तुलाई प्राथमिकताका साथ उठान गर्नुपर्नेमा जोड दिए । उनले जनगणनाबाट आउने परिणामका आधारमा नै देशको नीति तथा योजना बन्ने हुँदा यसमा पत्रकारले पनि संवेदनशिल भएर रिपोर्टिङ गर्नुपर्ने जनाए ।

यसैगरी यूएनएफपीएका सुदूरपश्चिम संयोजक डा गिरी पन्थीले जनगणना राष्ट्रिय दस्तावेज भएकाले यसलाई सबै मिलेर सफल पार्नुपर्नेमा जोड दिएका थिए । एक दिने मिडिया सचेतना कार्यक्रममा सुदूरपश्चिमका २५ जना पत्रकाहरुको सहभागिता रहेको थियो ।

सरकारले हरेक दश वर्षमा गर्दै आएको राष्ट्रिय जनगणना यसपटक मूल गणना कार्य यही कार्तिक २५ देखि मंसीर ९ गतेसम्म हुुँदैछ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार