थप ५४५ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप ५४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ५४९ जनाको नमुना परीक्षण गरेकोमा ५४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी गत २४ घण्टामा देशभर ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ३२६ पुगेको छ ।
आज ७२६ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । अहिले देशभर ११ हजार ३१५ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।
आज २३ हजार ५६८ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?