कास्कीमा थप ५ जना कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : कास्कीमा आज थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै आज ५ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको हो ।
योसँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ सय ८८ पुगेको छ । गत २४ घण्टामा १ हजार ४३ जनाको नमुना परीक्षण गरेकोमा १४५ जनामा संक्रमण पुष्टि भएको छ भने ५ जनाको मृत्यु भएको छ ।
आज मृत्यु हुनेहरुमा ४ जना पुरुष र एक महिला रहेका छन्।
कास्की अहिले पनि सक्रिय संक्रमित धेरै हुने जिल्लामा पर्छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?