भारतमा ८ महिनापछि सबैभन्दा कम संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतमा आठ महिनापछि सबैभन्दा कम कोरोना संक्रमित फेला परेका छन्। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यो साताको कोरोना संक्रमण पुष्टि हुने संख्या ८ महिनापछिकै कम देखिएकाे हाे ।
यो साता भारतमा २ लाख ४० हजार ७९७ जना संक्रमित फेला परेका छन् भने १५ सय १५ जनाको मृत्यु भएको छ । जबकी भारतमा गत फेब्रुअरी महिना पछि मा यो संख्यामा कमी आएको हो ।
चीनको वुहान शहरबाट शुरु भएको कोरोना महामारीको चपेटामा भारत नराम्ररी फसेको पाइन्छ । अहिले भारतका केरल लगायतका ५ राज्यमा बढी संक्रमित रहेका छन्। केरलमा मात्रै हाल ५४ प्रतिशत संक्रमित रहेको त्यहाँका स्वास्थ्य अधिकारी बताउँछन्।
भारतमा २५ प्रतिशतले कोरोना संक्रमण दरमा कमी आएको पनि बताइएको छ । त्यहाँ संक्रमणबाट निको हुने दर ९८ प्रतिशत रहेको बताइएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?