Health TV Online
Health TV Online
Health TV Online

कपिलवस्तुमा फैलिएको झाडापखालाका कारण ३ बच्चासहित ४ जनाको मृत्यु

कपिलवस्तुमा फैलिएको झाडापखालाका कारण ३ बच्चासहित ४ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखालाका कारण ३ बच्चासहित ४ जनाको मृत्यु भएको छ । कृष्णनगरमा गत असोज १८ गतेदेखि फैलिएको झाडापखालाबाट ८८५ जना संक्रमित भएकोमा ४ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

आइतबारसम्म ८१९ जना भने उपचारपछि निको भइसकेको पनि मन्त्रालयले जनाएको छ । २५ जना बिरामी भने अहिले पनि त्यहाँका स्थानीय अस्पतालमा उपचाररत रहेका छन्।

मृत्यु हुने ४ जनामध्ये ४५ वर्षीय पुरुष, ७ वर्षीय बालक, ५ वर्षीया बालिका र २ वर्षीय बालक रहेको मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले बताएका छन्। उनले अहिले स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार, विश्व स्वास्थ्य संगठन तथा अन्य साझेदार संस्थाहरुको साझा प्रयासबाट प्रकोप नियन्त्रणमा भएको समेत जिकीर गरे ।

दूषित पानीका कारण कपिलवस्तुको कृष्णनगर वडा नं ७, ८ र ९ मा असोज १८ गतेदेखि झाडापखाला तथा वान्ताको प्रकोप फैलिएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार