घट्दै कोरोना संक्रमण : ४ जिल्लामा मात्र ५ सय बढी सक्रिय संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण घट्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत केही सातायता कोरोना संक्रमण घटेर हाल ४ जिल्लामा मात्र ५ सय बढी सक्रिय संक्रमित रहेका छन्।
मन्त्रालयका अनुसार शनिबारसम्म काठमाडौं, भक्तपुर, ललितपुर र कास्कीमा मात्र ५ सय बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन्। यसैगरी १९ जिल्लामा २ सय बढी सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलसनमा रहेका छन। ती जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी, सिरहा, बाग्लुङ, स्याङ्जा, तनहुँ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली लगायतका १९ जिल्ला रहेका छन्।
नेपालमा हालसम्म ११ हजार २७८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्। यसैगरी कोरोनाबाट निको हुने दर ९७ दशमलब ३ प्रतिशत रहेको छ । अहिले देशभर १२ हजार ५९८ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।
यहीवीच नेपालमा ३८ दशमलब ६ प्रतिशतले कोरोना विरुद्धको पहिलो मात्रा खोप र २९ दशमलश ७ प्रतिशतले पूर्ण खोप लगाइसकेकाे मन्त्रालयले जनाएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित