पछिल्लो २४ घण्टामा ४५५ जनामा कोरोना संक्रमण, ८०४ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार २१४ जनाको नमुना परीक्षण गरेकोमा ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी आज देशभर ८ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । योसँगै देशभर कोरोना भाइरसको संक्रमण भएर मृत्यु हुनेको संख्या ११ हजार २६९ पुगेको छ । यहीवीच पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
हाल देशभर १३ हजार ८५३ जना मात्र सक्रिय संक्रमित रहेका छन्। यीमध्ये ३१० जना आइसीयूमा र १०५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?