पछिल्लो २४ घण्टामा ७८५ संक्रमित थपिए, १२ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ७८५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार १९५ जनाको नमुना परीक्षण गरिएकोमा ७८५ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी गत २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार २४३ पुगेको छ । यहीवीच पछिल्लो २४ घण्टामा ८८८ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर १४ हजार ७८७ जना सक्रिय संक्रमित रहेका छन्। यीमध्ये १३ हजार ६२२ जना होम आइसोलेसनमा रहेका छन् भने ११ सय ६५ जना संस्थागत आइसोलेसनमा रहेका छन्।
सक्रिय संक्रमितमध्ये ३१४ जना आइसीयूमा र १११ जना भेन्टिलेटरमा रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण