कपिलवस्तुमा फैलिएको झाडापखाला नियन्त्रणमा : स्वास्थ्य मन्त्रालय
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कपिलवस्तुको कृष्णनगर नगरपालिकाका वडा नम्बर ७, ८ र ९ मा देखिएको झाडापखालाको प्रकोप हाल नियन्त्रणमा आएको जनाएको छ।
असोज १८ गतेदेखि यी क्षेत्रमा फैलिएको भाडापखाला नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, विश्व स्वास्थ्य संगठन लगायतका विभिन्न संघ संस्थाहरु लागिरहेको मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडलले जनाए ।
कुल ६८८ जनामा लक्षण देखिएकोमा ६३१ जना उपचारपछि निको भएर डिस्चार्ज भइसकेको र अन्यको उपचार भइरहेको जनाइएको छ । झाडापखाला कसरी समूदायमा फैलियो भन्ने विषयमा अनुसन्धान भइरहेको र प्रारम्भिक रुपमा गरिएको अध्ययन अनुसार पानीको स्रोतमा समस्या देखिएको जसमा दिसामा देखिने जिवाणु भेटिएको प्रवक्ता डा पौडेलले जनाएका छन्। उनले विस्तृत अध्ययन भने अझै हुन बाँकी रहेको जानकारी दिए ।
मन्त्रालयले पानी उमालेर वा निर्मलीकरण गरेर मात्र पिउन, दिसापिसाब गरेपछि र खाना खानुअघि साथै खाना बनाउनुअघि अनिवार्य रुपमा साबुन पानीले हात धुन आग्रह गरेको छ ।
‘





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण