आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : आज विश्वभर नै विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदैछ । हरेक वर्ष अक्टोवर १० का दिन यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो । यस वर्षको दिवसको नारा ‘असमान विश्वमा मानसिक स्वास्थ्य’ भन्ने रहेको छ । यस वर्ष विश्व मानसिक स्वास्थ्य दिवस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा संघ, प्रदेश तथा स्थानिय तहमा विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय अभियानको रुपमा मनाउन लागिएको छ ।
सामाजिक असमानता र असमताले ब्यक्तिको समग्र स्वास्थ्य र विशेषतः मानसिक स्वास्थ्यमा पार्ने प्रभावलाई उजागर गर्नका लागि विश्वभरी नै विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैछ । नेपालको राष्ट्रिय स्वास्थ्य सर्वेक्षण २०७७ का अनुसार नेपालको कुल जनसंख्या (२ करोड ९० लाख) को ४% ( लगभग ११ लाख) र थप १३ देखि १७ वर्षका ५.२% किशोरकिशोरीहरुले हालको अवस्थामा मानिसक स्वास्थ्यसमस्या भोगिरहेका छन् । यसको परिणामस्वरुप ६.५% वयस्कहरुले तत्कालीन अवस्थामा आत्महत्याको सोचरहेको अनुभव गरेका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार, मानसिक स्वास्थ्य र लागु औषध दुब्र्यसनका कारण विश्वमा रुपमा ५ मध्ये १ अपाङ्गता सहितको जीवन वर्ष बाँच्नु परेको छ र यो अवस्था नेपाल लगायतका न्यून तथा मध्य आयस्तर भएका देशहरुमा अझै बढि छ । नेपाल प्रहरीको तथ्यांक अनुसार गत आर्थिक वर्षमा हरेकदिन औषत २० जना ब्यक्तिले आत्महत्या गरी जम्मा ७११७ वटा आत्महत्या सम्वन्धि घटना दर्ता भएका छन । जुन विगत वर्षको दाँजोमा १३.७% ले बृद्धि भएको हो ।
विश्वभरमा हरेक वर्ष आत्महत्याका कारण ७ लाख भन्दा बढि मानिसहरुको मृत्यू हुने अवस्था, जुन एच.आई.भी. एण्ड एड्स, मलेरिया वा महिलाको स्तन क्यान्सर वा युद्ध र हत्या भन्दा बढी छ, यसले कम्जोर मानसिक स्वास्थ्यको अवस्थालाई प्रमाणित गर्दछ ।
नेपाल सरकारले यस वर्ष देश भरका १३ सरकारी अस्पतालमा १० शैयाका दरले जम्मा १३० शैयाको अन्तरङ्ग मानसिक स्वास्थ्य सेवा विस्तार गरिएको छ । अशक्त, असहाय र बेवारिसे मानसिक स्वास्थ्य समस्या भएका ब्यक्तिहरुको उपचार तथा पुर्नस्थापनाको लागि नीजि तथा गैर सरकारी संस्थाहरु सँग साझेदारी गरिएको छ । विभिन्न विकास साझेदार संस्थाहरु, गैरसरकारी संस्थाहरुको साथमा अशक्त, असहाय र बेवारिसे मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुको उपचार तथा पुर्नस्थापनाको तथा मानसिक स्वास्थ्य सम्वन्धि सचेतना बृद्धिका लागि बिभिन्न स्तरमा प्रयास गरेको छ ।
कोभिड–१९ को विश्वब्यापी महामारीको अहिलेको अवस्थामा मानसिक स्वास्थ्य अवस्था झन खराव र जटिल बन्दै गएको छ । कोभिड संक्रमणको त्रास, लकडाउन, तथा कोभिड संक्रमणका कारण उत्पन्न सामाजिक,आर्थिक र शैक्षिक असहजता तथा असमानतालाई झन् बढाएको छ । यसले आम नेपालीको शारीरिक, मानसिक, आध्यात्मिक र सामाजिक सुस्वास्थ्यलाई प्रभाव पारेको छ ।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त