नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९६ दशमलब ७ प्रतिशत
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९६ दशमलब ७ प्रतिशत रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा पछिल्लो समय कोरोना संक्रमणबाट निको हुने दर बढ्दै गएको छ । गत २४ घण्टामा मात्र ८९९ जना संक्रमित संक्रमणमुक्त भएका छन्। अहिलेसम्म ७ लाख ७५ हजार ७२ जना संक्रमणमुक्त भइसकेका छन्।
अहिले देशभर १५ हजार ३४० जना सक्रिय संक्रमित रहेका छन्। ११ हजार २२१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा मृत्यु दर जम्मा १ दशमलब ४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९० हजार ९९३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?