विश्व दृष्टि दिवसको अवसरमा स्वास्थ्य मन्त्रालयमा आँखा जाँच कार्यक्रम
हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्व दृष्टि दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आँँखा जाँच कार्यक्रम गरिएको छ ।
सप्ताहव्यापी कार्यक्रमको शुरुवात स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा दिपेन्द्र रमण सिंहको आँखा जाँच गरेर गरिएको थियो ।
कार्यक्रमको आयोजना स्वास्थ्य सेवा विभाग अन्तर्गतको उपचारात्मक सेवा महाशाखाले गरेको हो ।
हरेक वर्ष अक्टोवर महिनाको दोस्रो विहिवार विश्व दृष्टि दिवस मनाउने गरिन्छ । आँखालाई माया गरौं भन्ने मूल नाराका साथ यस वर्ष सप्ताहव्यापी विभिन्न कार्यक्रमहरु गर्दै दृष्टि दिवस मनाइने कार्यक्रम रहेको उपचारात्मक महाशाखा अन्गर्ततको आँखा, नाक कान घाँटी तथा मुख स्वास्थ्य शाखाका प्रमुख डा प्रकाश बुढाथोकीले बताए । उनले सप्ताहव्यापी कार्यक्रमको शुरुवात स्वास्थ्य मन्त्रालयमा १ सय जना भन्दा बढी कर्मचारीको आँखा जाँच गरेर गरेको जिकीर गरे ।
उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानहरुबारे विश्वभर जनचेतना फैलाउनका लागि विश्व दृष्टि दिवस मनाउने गरिन्छ ।





नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त