आजदेखि काठमाडौंमा १८ वर्ष पुगेका सबैलाई कोरोना खोप दिइँदै
हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौं महानगरमा आजदखि कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको छ ।
महानगरले एक सूचना जारी गर्दै काठमाडौंमा १८ वर्ष पुगेका सबैलाई कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिइने जनाएको हो । खोपका लागि काडमाडौंका ३२ वटै वडा कार्यालय तथा ५ वटा अस्पताललाई खोप केन्द्र तोकिएको छ । खोप केन्द्र तोकिएका अस्पतालहरुमा नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, निजामती अस्पताल, परोपकार प्रसुती र वीरेन्द्र सैनिक अस्पताल रहेका छन्।
आफूलाई पायक पर्ने स्थानमा गएर आफनो परिचय पत्र देखाएर खोप लगाउन सकिने महानगरका स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए । खोप कार्यक्रम बिहान १० बजेखि ४ बजेसम्म सञ्चालन हुनेछ ।
खोप लगाउन जाँदा भिडभाड नगरी जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरिदिन पनि महानगरले सबैलाई आग्रह गरेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?