२४ घण्टामा थपिए १०४३ कोरोना संक्रमित, १२ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १ हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १५ हजार ४६५ जनाको नमुना परीक्षण गर्दा १ हजार ४३ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी गत २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार १९२ पुगेको छ । यहीवीच ८९१ जना संक्रमित डिस्जार्ज भएको मन्त्रालयले जनाएको छ ।
हाल देशमा १६ हजार १९४ जना मात्र सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?