नेपालमा कोरोना संक्रमितमध्ये ६० प्रतिशत पुरुष
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कुल कोरोना संक्रमितमध्ये ६० प्रतिशत पुरुष रहेका छन्। यसले पनि कोरोना संक्रमणको जोखिम महिलामा भन्दा बढी पुरुषमा देखिएको छ ।
नेपालमा हाल कुल संक्रमितमध्ये ५९ दशमलब ३६ प्रतिशत पुरुष र ४० दशमलब ६४ प्रतिशत महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म देशभर ४ लाख ७३ हजार २२८ जना पुरुषमा र ३ लाख २३ हजार ९६४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कामको शिलशिलामा पुरुषहरु बढी बाहिर निस्कने हुनाले पनि उनीहरुमा बढी जोखिम र संक्रमण भएको हुनसक्ने मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारी बताउँछन्।
कुल संक्रमितमध्ये ९६ दशमलब ५ प्रतिशत निको भइसकेका छन् । उता अहिले पनि ३३७ जना संक्रमितको आइसीयूमा र १०४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
अहिले देशभर १६ हजार ८०४ जना सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्। नेपालमा अहिलेसम्म ११ हजार १६४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?