पछिल्लो २४ घण्टामा १०६६ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १ हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ हजार ३६८ जनाको नमुना परीक्षण गर्दा १ हजार ६६ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी गत २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार १४८ पुगेको छ ।
उता यहीवीच ९३८ जना संक्रमित संक्रमणमुक्त भएका छन्। अहिले सक्रिय कोरोना संक्रमितको संख्या १८ हजार ११५ मात्र रहेको मन्त्रालयले जनाएको छ । यीमध्ये १६ हजार ८८१ होम आइसोलेसनमा छन्् भने १२ सय ३४ जना संस्थागत आइसोलेसनमा छन्। गत २४ घण्टामा २ लाख १७ हजार ३९१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?