काेराेना त्रास : काठमाडौंमा सभा- जुलुस, महोत्सव तथा जात्रामा रोक
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना भाइरसको संक्रमणको जोखिम कायम नै रहेको भन्दै काठमाडौंमा भिडभाड गर्न, सभा- जुलुस तथा जात्रा गर्न रोक लगाइएको छ ।
काठमाडौं जिल्ला प्रशासनले आज एक सूचना जारी गर्दै कोरोना संक्रमण कम भए पनि जोखिम कायम नै भएकाले अनावश्यक रुपमा भिडभाड गर्ने काम बन्द गर्न भन्दै यस्तो आदेश जारी गरेको हो । सो आदेश आज राती १२ बजेदेखि लागू हुनेछ ।
दशै तिहार जस्ता ठूला चाडबाडहरु नजिकिंदै गर्दा भिडभाड हुनसक्ने कुरालाई मध्यनजर गर्दै प्रशासनले यस्तो आदेश जारी गरेको हो ।
चाडबाडका बेलामा पनि कोरोनाबाट बच्न जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गर्दै सकेसम्म घरभित्रै बस्न तथा भिडभाड नगर्न सबैलाई आग्रह गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले यो सूचना जारी गरेका हुन्।
पछिल्लो समय कोरोना संक्रमण कम हुँदै जाँदा सभा- जुलुस, सेमिनार महोत्सव जात्रा सबै खुलेआ रुपमा भिडभाड गर्दै गरिन थालेको छ । यसले कोरोना संक्रमण बढ्न सक्ने भन्दै विज्ञहरुले सचेत हुन आग्रह गर्दै आइरहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?