२४ घण्टामा १२८२ नयाँ संक्रमित थपिए, १२६२ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १२ सय ८२ जना कोरोना संक्रमित थपिएका छन्। यसैगरी यहीवीच उतिनै संख्यामा अर्थात १२ सय ६२ जना संक्रमित निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार १०३ पुगेको छ । हाल देशभर १८ हजार ८४८ जना मात्र कोरोनाका सक्रिय संक्रमित रहेका छन्।
यीमध्ये ३८५ जना आइसीयूमा र १२५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन्। नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९६ दशमलब २ प्रतिशत रहेको छ ।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त