असुरक्षित गर्भपतनका कारण मृत्यु भएका महिलाको सम्झनामा दीप प्रज्वलन
हेल्थ टिभी अनलाइन \काठमाडौं : असुरक्षित रुपमा गर्भपतन गराउँदा ज्यान गुमाउन पुगेका महिला तथा किशोरीहरुको सम्झनामा दीप प्रज्वलन गरिएको छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले आइतबार सातौं सुरक्षित गर्भपतन सेवा दिवसको दिन दीप प्रज्वलन गर्दै असुरक्षित गर्भपतनका कारण मृत्युवरण गरेकाहरुलाई सम्झना गरेको हो । टेकुस्थित स्वास्थ्य सेवा विभागको प्रांगणमा दीप प्रज्वलन गरिएको थियो । परिवार कल्याण महाशाखाले आइतबार दिवस परेको भए पनि साताव्यापी कार्यक्रम गर्ने जनाएको छ ।
हरेक वर्ष असोज १० गते राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाउने गरिन्छ । गर्भपतनले कानूनी मान्यता पाएको भए पनि नेपालमा अझै पनि ५८ प्रतिशत महिलाले असुरक्षित रुपमा गर्भपतन गर्ने गरेको तथ्य रहेको छ । जसले गर्दा उनीहरु मृत्युको शिकार बन्न पुग्छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?