Health TV Online
Health TV Online
Health TV Online

ग्लोबल अस्पतालमा ९५० मै कोभिड पीसीआर परीक्षण, पोष्ट कोभिड ओपीडी सेवा नि: शुल्क

ग्लोबल अस्पतालमा ९५० मै कोभिड पीसीआर परीक्षण, पोष्ट कोभिड ओपीडी सेवा नि: शुल्क

हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको ग्वार्कोमा रहेको ग्लोबल अस्पतालले चाडपर्व लक्षित हेल्थ प्याकेज अघि सारेको छ । जुन प्याकेज अन्तर्गत ९५० रुपैयाँमा नै कोभिडको आरटी पीसीआर परीक्षण गरिने अस्पतालका मेडिकल डाइरेक्टर डा उज्जवल ठाकुरले बताए । उनले भने, ‘दशै तिहार नजिंकिंदैछ यो बेला काठमाडौंबाट बाहिर टिका थाप्न जानेको संख्या धेरै हुन्छ । जुन बेला कसैलाई कोभिड भएको छ भने उसले सबै परिवारलाई सार्ने सम्भावना रहने हुनाले सबैले पीसीआर परीक्षण गराएर ढुक्क भएर दशैं मनाउन पाउन भन्ने हेतुले यो प्याकेज ल्याइएको हो ।’ उनले थपे, ‘सबै बेला फाइदा मात्र हेरेर हुँदैन यो हामीले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेका हौं ।’

सरकारले निजीमा २ हजार र सरकारीमा १ हजार रुपैयाँ पीसीआर शुल्क तोकेको छ । उनले सरकारीमा पीसीआर परीक्षण गराउन भिडभाड हुने र निजीमा महंगो भएका कारणले धेरैले परीक्षण गर्न नसकेको भन्दै आफूहरुले सरकारी शुल्क भन्दा पनि सस्तोमा पीसीआर परीक्षण गर्ने सोचका साथ यो प्याकेज अघि सारेको जनाए ।

ललितपुरको ग्वार्कोमा रहेको ग्लोबल अस्पतालले चाडपर्व लक्षित हेल्थ प्याकेज अघि सारेको छ । जुन प्याकेज अन्तर्गत ९५० रुपैयाँमा नै कोभिडको आरटी पीसीआर परीक्षण गरिने अस्पतालका मेडिकल डाइरेक्टर डा उज्जवल ठाकुरले बताए । उनले भने, ‘दशै तिहार नजिंकिंदैछ यो बेला काठमाडौंबाट बाहिर टिका थाप्न जानेको संख्या धेरै हुन्छ । जुन बेला कसैलाई कोभिड भएको छ भने उसले सबै परिवारलाई सार्ने सम्भावना रहने हुनाले सबैले पीसीआर परीक्षण गराएर ढुक्क भएर दशैं मनाउन पाउन भन्ने हेतुले यो प्याकेज ल्याइएको हो ।’ उनले थपे, ‘सबै बेला फाइदा मात्र हेरेर हुँदैन यो हामीले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेका हौं ।’

ग्लोबल अस्पतालमा अवस्थित नोभा डाइग्नोष्टिकका प्रबन्ध निर्देशक डा अजय जंग कुँवरले आफूहरुकोमा पीसीआर मेशिनदेखि त्यसमा प्रयोग हुने रिएजेन्ट सबै यूस एफडीए अप्रुप्ड भएकाले यसको रिजल्ट पनि एक्कुरेट हुने बताए । उनले दशैंका बेला आफूमा कोरोना छ छैन भन्ने थाहा पाएर ढुक्क भएर घर परिवासँग सबैले रमाइलो गर्न सकुन भनेर यो अफर ल्याएको जनाए । सस्तो भयो भनेर कसैले गुणस्तरीयतामा प्रश्न गर्ने ठाउँ नरहेको र आफ्नो ल्याबमा गरेको परीक्षण अन्तराष्ट्रिय स्तरको रहेको समेत उनले दाबी गरे ।

अस्पतालले कोभिडपछि देखिने पोष्ट कोभिड समस्या भएकालाई बिहान ९ बजेदेखि ५ बजेसम्म ओपीडीमा नि: शुल्क परामर्श दिने पनि उनले कार्यक्रममा जानकारी दिए । यसैगरी कोभिडसम्बन्धी सम्पूर्ण अन्य सेवामा पनि अस्पतालले ५० प्रतिशत छुटमा सेवा दिने भएको छ । यो अफर आजदेखि शुरु भएर छठसम्म रहनेछ ।

यसैगरी अस्पतालले विद्यालय खुल्ने तरखरमा भएको बेला विद्यार्थीहरुमा कोभिडको जोखिम बढी हुनसक्ने भन्दै उनीहरुका लागि पूर्व तयारी स्वरुप १० बेडको भेन्टिलेटरसहितको अत्याधुनिक एनआइसीयू स्थापना गर्न लागेको समेत डा ठाकुरले जानकारी दिए । यसैगरी डेन्टलसम्बन्धी सर्जरी देखि दाँतका सम्पूर्ण सेवाहरु थप्न लागेको समेत कार्यक्रममा जानकारी दिइएको थियो ।

कार्यक्रममा वंशाणुगत रोग विशेषज्ञ डा निलम ठाकुरले ग्लोबल अस्पताल अन्तर्गतको नोभा इन्टरनेशनल ल्याबमा नेपालमै हालसम्म नभएका प्रि न्याटल जेनेटिक स्क्रिनिङ, (जसले भ्रुण आमाको पेटमा राख्नुभन्दा पहिले नै उसमा केही सिन्ड्रोम छ की छैन भन्ने पत्ता लगाउँछ),  एनआइपीटी (बच्चा पेटमा आइसकेपछि उसमा कुनै वंशाणुगत रोग छ छैन पत्ता लगाउँछ),  ब्राका १ ब्राका २ (१० वर्ष अघि नै आफूलाई क्यान्सर हुन्छ की हुँदैन भन्ने पत्ता लगाउँछ), क्यारियोटाइपिङ जस्ता वंशाणुगत परीक्षणहरु सुरु गरिसकेको र यी सेवा दिइरहेको जनाउँदै यी परीक्षणका लागि भारत लगायत अन्य देश जान नपर्ने जनाइन्। उनले यो सेवा विश्वमै थोरै सेन्टरमा मात्र हुने भएकाले अहिले केही टेस्टहरु गर्न भारतबाट नेपाल आउने क्रम बढेको समेत जानकारी दिइन्।

 

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार