आज सुरक्षित गर्भपतन सेवा दिवस मनाइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : आज देशभर सातौं सुरक्षित गर्भपतन सेवा दिवस मनाइँदैछ । ‘सुरक्षित गर्भपतनको अधिकार, मौलिक हक सुनिश्चितताको आधार’ भन्ने नाराका साथ सातौं सुरक्षित गर्भपतन सेवा दिवस मनाउन लागिएको हो ।
१९ वर्षअघि मुलुकी ऐनको ११ औं संशोधनमार्फत गर्भपतन गराउनुपर्ने आवश्यकता भएका महिलाले सहज र सुरक्षित रुपमा सेवा लिन सक्ने गरी कानुनी मान्यता प्राप्त भएको थियो । यो कानूनले मान्यता पाएको १९ वर्ष भइसक्दा पनि अझै पनि ४१ प्रतिशत महिलालाई मात्र गर्भपतन कानूनकाबारेमा ज्ञान छ ।
नेपालमा गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्मको गर्भपतन गराउन सक्ने कानून छ । भ्रुणमा खराबी वा बाँच्न नसक्ने लगायतका वंशाणुगत रोग आउने सम्भावना भएमा, बलात्कार तथा हाडनाता करणीका २८ हप्ता सम्मकाे गर्भपतन गराउन पाउने सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ मा व्यवस्था छ ।
नेपालमा हरेक वर्ष ३ लाख २३ हजार महिलाले गर्भपतन गर्ने गरेको तथ्यांक छ । तीमध्ये ५८ प्रतिशतले असुरक्षित रुपमा गर्भपतन गराउने गरेको परिवार कल्याण महाशाखाले जनाएको छ । नेपालमा कुल मातृमृत्यु मध्ये ७ प्रतिशत मातृ मृत्यु असुरक्षित गर्भपतनका कारण हुने गरेको छ ।
सरकारले सुरक्षित गर्भपतन अपराध नभइ महिलाको प्रजनन् अधिकार भएको बताएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित