नेपालमा झण्डै ६० लाखले लगाए कोरोना विरुद्धको पूर्ण खोप
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा झण्डै ६० लाखले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन्। शुक्रबारसम्म कोरोना विरुद्धको पूर्ण खोप लगाउनेको संख्या ५९ लाख ४६ हजार २२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पहिलो मात्रा खोप ६३ लाख ८० हजार ५८६ ले लिइसकेका छन्। देशभर गत २४ घण्टामा मात्रै १ लाख ७२ हजार ५९० जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। नेपालमा तीन प्रकारका कोरोना विरुद्धको खोप प्रयोगमा आएको मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारी बताउँछन्। कोभिशिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन । यी सबै खोप १८ वर्ष माथिका लाई मात्र प्रयोग हुन मिल्ने खालका रहेका छन्।
त्यसैले हालसम्म नेपालमा १८ वर्ष कम उमेरकाले खोप पाएका छैनन्। अब भने सरकारले १२ देखि १८ वर्षका समूहलाई दिन मिल्ने फाइजर र मोडर्नाको खोप ल्याउने तयारी गरिरहेको सह प्रवक्ता अधिकारीले जनाए । उनका अनुसार मंसीर पुससम्ममा यो समूहलाई पनि खोप दिइने कार्य शुरु हुनेछ ।
सरकारले यो वर्षको अन्त्यसम्ममा सबै नागरिकलाई कोरोना विरुद्धको खोप दिने लक्ष्य राखेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?