२४ घण्टामा १४७६ संक्रमित थपिए, १५५० जना निको भए
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १४ सय ७६ जना कोरोना संक्रमित थपिएका छन्। यसैगरी १५५० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको ज्यान गएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८१ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २० हजार २८७ रहेको छ । यीमध्ये ३४७ जना आइसीयूमा र १०५ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९६ दशमलब ३ प्रतिशत रहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण