देशभरका आइसीयू र भेन्टिलेटरमा ४५१ जना उपचाररत, कुन प्रदेशमा कति ?
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर अहिले ३४० जना कोरोना संक्रमित आइसीयूमा र १११ जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुृल २० हजार ७४३ जना कोरोना संक्रमितमध्ये ४५१ जना आइसीयू र भेन्टिलेटरमा रहेका हुन्। उनीहरुमध्ये प्रदेश १ मा ७३ जना आइसीउयूमा र ३१ जना भेन्टिलेटरमा रहेका छन्। प्रदेश २ मा २ जना मात्र आइसीयूमा उपचाररत छन् भने भेन्टिलेटरमा रहनेको संख्या शुन्य रहेको छ ।
बाग्मती प्रदेशमा सबैभन्दा धेरै १७३ जना आइसीयूमा र ६४ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । गण्डकी प्रदेशमा ३९ जना आइसीयूमा र ६ जना भेन्टिलेटरमा छन् भने लुम्बिनी प्रदेशमा ४५ जना आइसीयूमा र ४ जना मात्र भेन्टिलेटरमा रहेको जनाइएको छ ।
उता कर्णालीमा ४ जना आइसीयूमा र २ जना मात्र भेन्टिलेटरमा छन्। सुदूरपश्चिममा पनि ४ जना आइसीयूमा र ४ जना नै भेन्टिलेटरमा उपचाररत रहेको जनाइएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?