थप १४७८ जनामा कोरोना संक्रमण, १६३० जना निको भए
हेल्थ टिभी अनलाइन\ काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १४ सय ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार गत २४ घण्टामा १३ हजार ९३० जनाको नमुना परीक्षण गरेकोमा १४ सय ७८ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी २४ घण्टामा १६ सय ३० जना संक्रमित निको भएका छन्।
उता यहीवीच आज ६ जना कोरोना संक्रमितको मृत्यु भएको प्रवक्ता डा पौडेलले बताए । आज मृत्यु भएकासँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५९ पुगेको छ ।
अहिले देशभर सक्रिय संक्रमित २१ हजार १३९ रहेका छन्। यीमध्ये १९ हजार ८०५ जना होम आइसोलेसनमा छन् भने ११९ जना भेन्टिलेटरमा उपचाररत रहेका छन्। २४३ जना भने अहिले पनि क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित