राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सुरु गर्यो ‘एचएलए’ ल्याब
हेल्थ टिभी अनलाइन \काठमाडौं : टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पनि मिर्गौला प्रत्यारोपणका लागि अत्यावश्यक पर्ने एचएलए ल्याब सुरु गरेको छ ।
मिर्गौला प्रत्यारोपण गर्न अघि क्रसम्याच गर्नका लागि यो सेवा अति नै आवश्यक हुने गर्छ । यसअघि आरोग्य प्रतिष्ठानमा एचएलए ल्याब स्थापना गरेर सेवा दिंदै आएको थियो भने सरकारी स्तरमा मानव अंग प्रत्यारोपण केन्द्रले यो ल्याबको सेवा केही महिना अघि मात्र सुरु गरेको थियो ।
यो सेवाले मिर्गौला प्रत्यारोपण गर्ने बिरामीहरुलाई सहज हुने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुणा झाले बताइन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?