घट्दै सक्रिय कोरोना संक्रमित : २४ घण्टामा १३३० जनामा संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा थप १३ सय ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार गत २४ घण्टामा १३ हजार ६२२ जनाको नमुना परीक्षण गर्दा १३ सय ३० जनामा कोरोना पुष्टि भएको हो । यहीवीच १८ सय ३० जना भने निको भएका छन्।
उता पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ । हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या घटेर २१ हजार ५२४ मा झरेको छ । अहिले ३३५ जना कोरोना संक्रमितको आइसीयूमा र १०७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?