Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

थप १०९५ जनामा कोरोना संक्रमण, २९५७ जना संक्रमणमुक्त

थप १०९५ जनामा कोरोना संक्रमण, २९५७ जना संक्रमणमुक्त

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा एक हजार ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार गत २४ घण्टामा १३ हजार ८१७ जनाको नमुना परीक्षण गर्दा एक हजार ९५ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी यहीवीच २९ सय ५७ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। उता गत २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै देशमा कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ४८ पुगेको छ ।

हाल देशभर २२ हजार ३२३ सक्रिय संक्रमित रहेका छन्। यीमध्ये २० हजार ८९१ जना होम आइसोलसनमा छन् भने १४ सय ३२ जना संस्थागत आइसोलेसनमा रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार