खोप लगाउन जाँदा कस्ता कुरामा ध्यान दिने ?
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना विरुद्धको खोप लगाउन खोप केन्द्रमा जाँदा केही कुराहरुमा ध्यान दिनुपर्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गरेको छ ।
कोरोना संक्रमणको जोखिम अहिले पनि जारी रहेकाले खोप केन्द्रमा जाँदा धेरै भिडभाड नगरी आफनो पालो पर्खेर मात्र जान आग्रह गरिएको छ । यसैगरी आफू कुन खोप केन्द्रमा जाने र कहाँ केन्द्र रहेको छ भन्ने जानकारी लिएर मात्र खोप केन्द्रमा जान मन्त्रालयले आग्रह गरेको छ ।
सूचनामा भनिएको छ, ‘खोप केन्द्रमा जाँदा आफनो जन्म मिति खुल्ने परिचय पत्र कार्ड अनिवार्य लिएर जाने । यसैगरी खोप लगाउँदा सजिलो हुने गरी छोटो बाहुला भएको लुगा लगाएर जाँदा खोप लगाइदिने स्वास्थ्यकर्मी र आफुलाई पनि सजिलो हुन्छ ।’ अर्को कुरा नाक मुख छोपिने गरी मास्कको अजिवार्य प्रयोग गर्न नभुल्न पनि आग्रह गरिएको छ ।
खोप लगाउँदा भिडभाड नगर्ने, खोप केन्द्रमा जाँदा सेनिटाइजर आफैसँग बोक्ने र बेला बेलामा लगाउने गर्न सकिन्छ । खोप लगाइसकेपछि हतारिएर हिंड्ने भन्दा पनि कम्तीमा आधा घण्टा त्यही आराम गरेर मात्र निस्कन आग्रह गरिएकाे छ। यसका साथै खोप केन्द्रमा धेरै जनाको उपस्थिती हुने हुँदा घर पुगेर राम्ररी साबुन पानीले हात धुन पनि भनिएकाे छ।
यति कुरामा मात्र ध्यान दिनेहो भने धेरै हदसम्म कोरोना संक्रमणबाट जोगिन सकिन्छ ।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त