छाती रोग विशेषज्ञ डा अशेष ढुंगानाद्वारा पदक अस्वीकार
हेल्थ टिभी अनलाइन \काठमाडौं : वीर अस्पतालमा कार्यरत छाती रोग विशेषज्ञ डा अशेष ढुंगानाले सरकारले संविधान दिवस २०७८ को अवसरमा प्रदान गर्न लागेको पदक लिन अस्वीकार गरेका छन्। उनीसहित एकसय बढी चिकित्सक तथा स्वास्थ्यकर्मीलाई विभिन्न पदक दिने निर्णय गरिएकोभए पनि उनले आफूले पाउन लागिएको भनिएको पदक नलिने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्।
उनले लेखेका छन्, ‘संबिधान दिवसको उपलक्ष्यमा मेरो नाम पनि पदक पाउनेहरूमा देख्दा खुशी लागेता पनि पदक दिंदा विभूषण सिफारिस कार्यविधि एवं प्रदान सम्बन्धि मापदण्ड २०७५ अनुसार नेपाल सरकार निजामती कर्मचारीको तह र श्रेणी र साथ साथै मेरो शैक्षिक पद (सह प्राध्यापक ) सरह नमिलेको हुनाले नेपाल सरकारलाई पुरस्कार प्रदान गरेकोमा धन्यबाद ज्ञापन गर्दै सहर्ष अस्वीकार गरेको घोषणा गर्दछु। पदक पाउने सम्पूर्ण महानुभावहरूलाई बधाई ज्ञापन गर्दै नेपाल सरकारले भाविष्यमा प्रदान गर्ने पुरस्कार र मान, पदवी र सम्मानहरू विवादरहित रहोस भन्ने कामना गर्दछु।’
साथै उनले लेखेका छन्, ‘चिकित्सकीय सेवा प्रदान गर्ने क्रममा आफ्ना बिरामी र बिरामीका आफन्तजनहरूबाट पाइएको धन्यबाद नै सब भन्दा ठुलो पुरस्कार हुने हुँदा सो पाइरख्ने आशा गर्दछु।’
उनलाई सरकारले प्रबल जनसेवाश्री पदकको लागि चयन गरेको थियो ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित